• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

ओली सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाले फिर्ता गर्‍यो

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार ०४:४३

२६ माघ,२०८२ काठमाडौं – राष्ट्रियसभा बैठकबाट ‘सामाजिक सञ्जाल विधेयक २०८१’ फिर्ता भएको छ। सोमबार बसेको बैठकले विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो।

National Life

यसअघि माघ २३ गतेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री अनिल सिन्हाले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। उक्त विधेयक गत वर्ष माघ २७ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा दर्ता गरेको थियो।

विधेयक सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, नियमन र कानुनी आधार निर्माण गर्ने उद्देश्यले ल्याइएको थियो। यसमा हेट स्पिच, गाली–बेइज्जती, भ्रामक सूचना र सामग्री तोडमोड गर्न नपाइने तथा जरिवाना र कैद सजायसम्बन्धी प्रावधान समेटिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सोही बैठकले पर्यटन विधेयक २०८१ पारित गरेको छ। बैठकको प्रारम्भमा कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्यहरूले आफ्नो अनुभव प्रस्तुत गरेका थिए। साथै, पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्ताव पनि पारित गरिएको छ। राष्ट्रियसभाको अर्को बैठक माघ २८ गते बुधबार बस्ने तय भएको छ।

प्रतिकृया