• ४ साउन २०८३, सोमबार
  • ३:५९ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८२ माघ २४ गते, शनिबार ०९:३०

२४ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण देशका विभिन्न भू–भागमा आंशिक बदली र हुस्सु देखिएको छ।

विभागका अनुसार अहिले तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।

Kamana Sewa

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।

Classic Tech Desktop

आज राति पनि तराईका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानको मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहेको विभागले जनाएको छ।

प्रतिकृया