• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

सभापति थापाः देश सम्हाल्ने शक्ति अहिले कांग्रेससँगै छ

प्रकाशित मिति

२०८२ माघ २३ गते, शुक्रबार ०२:०६

२३ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा चरम निराशा र अविश्वासको अवस्था रहेको भन्दै अहिले ‘सम्हाल्ने शक्ति’ चाहिएको बताएका छन्। शुक्रबार कास्की सभालाई सम्बोधन गर्दै उनले भने, “उत्तेजना फैलाउन सजिलो छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिन्छ। त्यो शक्ति हामीसँग छ।”

सभापति थापाले भ्रष्टाचारलाई अहिलेको मुख्य चुनौती भने र कांग्रेसले यसलाई नियन्त्रणमा लिन पहल गरिरहेको बताए। उनले दाबी गरे, “नेपाललाई हिजो हिंसाको आहालबाट निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट निकाल्ने काम हामी गर्नेछौँ।”

Kamana Sewa

प्रतिकृया