• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार ०९:१२

१९ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसको असरले देशका विभिन्न भू–भागमा मौसमको अवस्था फरक–फरक देखिएको छ।

विभागका अनुसार हाल तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा भइरहेको छ। त्यस्तै कोशी र मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

Kamana Sewa

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने विभागको अनुमान छ। देशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Desktop

त्यसैगरी आज राति पनि तराईका थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। हिमाली भू–भागमा सामान्यतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा हुन सक्ने विभागले जनाएको छ।

प्रतिकृया