• २१ जेठ २०८३, बिहीबार
  • ९:३० बिहान

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र खिच्दै

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ११:१६

२० पुस,२०८२ काठमाडौं — नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमार्फत २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्न लागेको छ। केन्द्रीय बैंकले अनलाइन बिल्डिङ प्रणालीमार्फत आइतबार मध्याह्न २ बजेसम्म बोलकबोल सञ्चालन गर्ने जानकारी दिएको छ।

जारी हुने ऋणपत्रमा लगानी गरिएको रकमको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र त्यसको पूर्णांक गुणनफलमा प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। ब्याजदरमा बोलकबोल गर्ने विकल्पसहित बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

Kamana Sewa

यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्।

Classic Tech Desktop

प्रतिकृया