• ३ असोज २०८३, शनिबार
  • २ः५५ दिउँसो

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०४:५६

१९ जेठ २०८३ काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्। बैंकको जेठ १८ गते सम्पन्न २८औँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएपछि उनलाई आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको बैंकले जनाएको छ।

National Life

नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेल बाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

बैंक तथा वित्तीय क्षेत्र, बीमा र कर्पोरेट क्षेत्रमा लामो अनुभव रहेका अग्रवालले विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बैंकले उनको नेतृत्वमा संस्थाले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया