• ५ असोज २०८३, सोमबार
  • ९ः३० बिहान

आज सार्वजनिक हुँदै कर्णाली सरकारको नीति तथा कार्यक्रम

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार ०९:११

२० जेठ २०८३ सुर्खेत – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको हो।

National Life

तय कार्यतालिकाअनुसार प्रदेश प्रमुखले आज दिउँसो ३ बजे प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार सबै प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने भएकाले बजेटअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रम जारी छ। कर्णाली सरकारले पनि आगामी वर्षका प्राथमिकता, योजना र विकासका कार्यक्रम समेटिएको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया