• २ असोज २०८३, शुक्रबार
  • ५ः३४ बेलुका

त्रिवि मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार ०३:०६

मंसिर १६, २०८२ काठमाडौं – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेलेको एनपीएल खेलका क्रममा एक चियर लिडर घाइते भएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन भट्टराईका अनुसार घाइते हुनेमा शर्मिला विक रहेकी छन्।

National Life

जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेलमा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको छक्का बल उनी रहेको स्थानतर्फ जाँदा लागेर घाइते भएको बताइएको छ। विकको अनुहारमा चोट लागेको र उनलाई तत्कालै उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

घटनापछि मैदानमा केही समय खेल प्रभावित भए पनि पछि खेल सुचारु गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया