• ३ असोज २०८३, शनिबार
  • २ः१५ दिउँसो

उम्मेदवार सिफारिसका लागि कांग्रेसले तल्लो तहलाई परिपत्र गर्ने

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार ०२:४४

मंसिर १६, २०८२ काठमाडौं – नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि प्रतिनिधिसभा (समानुपातिक र प्रत्यक्ष) तथा राष्ट्रिय सभाका उम्मेदवारका नाम तल्लो तहबाट सिफारिस गर्न परिपत्र जारी गर्ने भएको छ। राष्ट्रिय सभामा रिक्त हुने सिटका लागि ११ माघमा निर्वाचन तोकिएपछि कांग्रेसले विधानअनुसार मातहतका जिल्लाबाट सिफारिसका नाम माग्ने तयारी गरेको हो।

National Life

कांग्रेस विधानअनुसार राष्ट्रिय सभा सदस्यका लागि केन्द्रमा बढीमा तीन जनाको नाम पठाउनुपर्ने व्यवस्था छ। एक सिटका लागि जिल्लाले सहमतिबाट वा सहमति नजुटेमा बहुमतका आधारमा तीन नाम चयन गरी केन्द्रमा पठाउने छ। तल्लो तहबाट आएका नामका आधारमा संसदीय समितिले अन्तिम उम्मेदवार टुंगो लगाउनेछ।

यसैबीच, सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गर्न मातहतका संरचनालाई स्पष्ट निर्देशनसहित परिपत्र गर्ने निर्णय गरेको छ। समानुपातिक र प्रत्यक्ष दुवै तर्फका उम्मेदवार छान्दा तल्लो तहबाट प्राप्त सिफारिसलाई प्राथमिकता दिने व्यवस्था कांग्रेसले पुनः दोहोर्‍याएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको बन्द सूची १८ र १९ पुसमा पेस गर्नुपर्ने जनाएको छ भने प्रत्यक्ष तर्फको निर्वाचन २१ फागुनमा तोकिएको छ।

प्रतिकृया