• ४ साउन २०८३, सोमबार
  • २:४१ बिहान

अमेरिकाले १९ देशका नागरिकलाई दिइएको ग्रिन कार्ड पुनः जाँच गर्ने, कुन— कुन परे (नामसहित) ?

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार १०:४६

मंसिर १२, २०८२ काठमाडौं – अमेरिका सरकारले १९ देशका नागरिकलाई जारी गरिएको ग्रिन कार्डको पुनः छानबिन गर्ने निर्णय गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशका सबै ग्रिन कार्डधारकको “पूर्ण र कडाइका साथ” पुनः जाँच गर्न निर्देशन दिएका छन्।

पुनः जाँचको दायरामा परेका देशहरूमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान र टोगो रहेका छन्।

Kamana Sewa

यो कदम बुधबार वाशिंगटन डीसीमा दुई राष्ट्रिय गार्डमाथि गोली चलाएको आरोप एक अफगानी नागरिकमाथि लागेपछि आएको हो। घटनामा एक गार्डको मृत्यु भएको बताइएको छ।

Classic Tech Desktop

संदिग्ध रहमानुल्लाह लकनवाल 2021 मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि अफगानहरूमाथि लागू विशेष आप्रवासन सुरक्षा कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलाइएको छ।

प्रतिकृया