• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

इथियोपियामा ज्वालामुखी विस्फोटले भारतीय उड्डयन प्रभावित

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार १२:२२

मंसिर ९, २०८२ काठमाडौं – इथियोपियामा भएको हेले गुब्बी ज्वालामुखी विस्फोटनका कारण भारतीय उड्डयन क्षेत्र प्रभावित भएको छ। यसका प्रभावस्वरूप एयर इन्डियाले ११ अन्तर्राष्ट्रिय तथा घरेलु उडान रद्द गरेको छ।

ज्वालामुखी विस्फोटपछि उत्पन्न धुलो–धुवाँका कारण उड्डयन सुरक्षामा जोखिम देखिएपछि उडानहरू रोकिएको एयर इन्डियाले जनाएको छ। एयरलाइन्सका अनुसार प्रभावित क्षेत्रबाट उडान भरिरहेका विमानहरूको अवस्था सावधानीपूर्वक निगरानीमा राखिएको छ।

Kamana Sewa

एयर इन्डियाले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमा माग्दै यात्रु तथा चालक दलको सुरक्षा नै आफ्नो सर्वोच्च प्राथमिकता भएको स्पष्ट पारेको छ। रद्द भएका उडानमध्ये दिल्ली–न्युयोर्क, दिल्ली–दुबई, दिल्ली–दोहा, दिल्ली–दम्माम जाने अन्तर्राष्ट्रिय उडानहरू परेका छन्। त्यस्तै दिल्ली–चेन्नई, दिल्ली–मुम्बई, दिल्ली–कोलकाता जाने घरेलु उडानहरू पनि रद्द गरिएको एयरलाइन्सले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया