• ३१ भदौ २०८३, बुधबार
  • १ः४६ राती

सिंहदरबार छिर्न खोज्ने जेनजी समूहलाई प्रहरीले हटायो

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार १२:३९

मंसिर ९, २०८२ काठमाडौं – सिंहदरबार प्रवेश गर्न प्रयास गरेका जेनजी (Gen Z) युवाहरूको समूहलाई प्रहरीले रोक्दै स्थलबाट हटाएको छ। मंगलबार एक समूह सिंहदरबारको मुख्य प्रवेशतर्फ जान खोजेपछि सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई निषेधित क्षेत्र उल्लङ्घन गरेको भन्दै रोकेको हो।

National Life

काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेकाले समूहलाई तत्काल हटाइएको हो।

प्रहरीले यसअघि सो समूहलाई अनामनगरस्थित भाटभटेनी नजिकबाट पनि परसम्म हटाएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया