सुशासनमार्फत देशलाई निकासतर्फ डोहोर्याउने गृहमन्त्री अर्याल प्रतिबद्धता
प्रकाशित मिति
२०८२ कार्तिक २३ गते, आईतवार १०:४४
कात्तिक २३, २०८२ काठमाडौं— गृहमन्त्री ओम प्रकाश अर्यालले देशलाई सुशासनको बाटो हुँदै निर्वाचनमार्फत निकास दिने सरकारको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत् मन्तव्य सार्वजनिक गर्दै उनले गृहमन्त्रालय अत्यन्त संवेदनशील भएको कारण सबै काम र योजना खुलासा गर्न नसकिने बताएका छन्।
‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ भन्ने भन्न मिल्दैन, के गर्यौं भन्ने पनि बताउन नसकिने अवस्था हुन्छ,’ मन्त्री अर्यालले भने, ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरू विकल्प छैन।’

उनले सुशासनलाई सरकारको मूल आधारका रूपमा लिने प्रतिबद्धता दोहोर्याउँदै, कार्यकालको अन्त्यमा जनताको धैर्य र साथका लागि धन्यवाद दिने बताएका छन्।

गृहमन्त्री अर्यालका अनुसार हालको सरकार पाइलैपिच्छे सुशासनको बाटोमा अघि बढ्दै देशलाई स्थायित्व र निकासको दिशामा डोहोर्याउने लक्ष्यमा केन्द्रित रहेको छ।




प्रतिकृया