• ३१ भदौ २०८३, बुधबार
  • १०ः०८ राती

देशभर सामान्य मौसम, हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०९:४५

कात्तिक २३, २०८२ काठमाडौं— जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। विभागले दिएको जानकारीअनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्य रूपमा सफा रहने विभागले जनाएको छ। साथै, कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको बताइएको छ।

यस्तै, आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले आगामी केही दिनसम्म मौसम स्थिर रहने अनुमान गर्दै यात्रुहरू र कृषकहरूलाई नियमित मौसम सूचनामा ध्यान दिन आग्रह गरेको छ।

प्रतिकृया