• ३१ भदौ २०८३, बुधबार
  • ११ः४८ राती

सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार १०:५९

काठमाडौं । सिटीटेक ग्रुप प्रा. लि. ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न NAS-IT एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी (finPOS Mini) पस औपचारिक रूपमा सार्वजनिक गरेको छ।

National Life

फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ। यस डिभाइसले भिसा (Visa), मास्टरकार्ड (Mastercard), युपिआइ (UPI), र नेपालपे (NepalPay) लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर (NepalPay QR), फोनपे (Fonepay) र स्मार्टक्युआर (SmartQR) जस्ता क्युआर योजनाहरूलाई समर्थन गर्दछ।

साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ। यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना-ठूला सबै प्रकारका व्यवसायीहरू का लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ। कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक (Global IME Bank), माछापुच्छ्रे बैंक (Machhapuchhre Bank), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (Nepal Investment Mega Bank) र सिद्धार्थ बैंक (Siddhartha Bank) ले Letter of Intent (LOI) हस्ताक्षर गरी फिनपस मिनी लाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरे। सिटीटेकको चर्चित ब्राण्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूमा POS सेवा प्रदान गर्दै १०,००० भन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

फिनपस मिनी को शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ। सिटीटेकका प्रमुख कार्यकारी आधिकृत श्री सजन शर्माले भन्नू भयो, “फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”

प्रतिकृया