• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

आज घट्यो नेप्से परिसूचक

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार ०३:२५

काठमाडौँ — लगातार उतारचढावबीच नेप्से परिसूचक आज घटेको छ। हिजो वृद्धि देखिएको शेयर बजार आज भने ओरालो लागेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १२.९९ अंकले घटेर २५९४.४२ बिन्दुमा पुगेको छ। ३२० कम्पनीका १ करोड ८ लाख १४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।

Kamana Sewa

उपसूचकहरू मध्ये आज ११ वटा राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.४३ प्रतिशत, विकास बैंक समूह ०.५४ प्रतिशत, फाइनान्स समूह ०.१७ प्रतिशत र होटल तथा पर्यटन समूह ०.२५ प्रतिशतले घटेका छन्।

Classic Tech Desktop

आज ७७ कम्पनीका शेयर मूल्य बढेका छन् भने १६५ कम्पनीका शेयर मूल्य घटेका छन्।

प्रतिकृया