• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

विपद् जोखिम न्यूनीकरणमा सरकारको उच्च प्राथमिकता : गृहमन्त्री अर्याल

प्रकाशित मिति

२०८२ आश्विन २७ गते, सोमबार ०३:०९

असोज २७,२०८२ काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। सोमबार ललितपुरमा आयोजित चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्यूनीकरणमा सशक्त तयारी आवश्यक रहेको बताए।

भूकम्प, बाढी, पहिरो र आगलागीजस्ता विपद्ले जनधनको क्षति मात्र नभई विकासको गतिमा समेत असर पुर्‍याउने उल्लेख गर्दै गृहमन्त्री अर्यालले पूर्वसूचना प्रणाली विस्तार, सामुदायिक सहभागिता र संरचनात्मक सुधारलाई जोड दिनुपर्ने धारणा राखे।

Kamana Sewa

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेशप्रसाद भट्टले स्वयंसेवक तालिम कार्यक्रम विस्तार भइसकेको जानकारी दिँदै, स्थानीय तहमा समेत गोदामघर व्यवस्थापनको तयारी भइरहेको बताए।

Classic Tech Desktop

प्रतिकृया