• २० असोज २०८३, मंगलबार
  • १ः२७ दिउँसो

हमासद्वारा २० बन्धक रिहा

प्रकाशित मिति

२०८२ आश्विन २७ गते, सोमबार ०३:१९

असोज २७,२०८२ काठमाडौं– हमासले सन् २०२३ अक्टोबर ७ मा अपहरण गरेका २० जना बन्धकलाई सोमबार रेडक्रसको माध्यमबाट इजरायली सेनालाई सुम्पिएको बीबीसीले जनाएको छ। युद्धविराम सम्झौताअनुसार रिहा गरिएका बन्धकहरू गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो।

National Life

इजरायली सेनाले सार्वजनिक गरेको तस्वीरमा रिहा भएका जुम्ल्याहा दाजुभाइ गली र जि बर्मन पनि देखिन्छन्, जो खुशीका साथ अंकमाल गरिरहेको अवस्थामा फेला परेका थिए। हमासले २० जना बन्धक रिहा गरेसँगै इजरायलले जवाफस्वरूप २५० प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ।

यही प्रक्रियामा कञ्चनपुरका विपिन जोशीको पनि रिहाइ हुने अपेक्षा गरिएको थियो। तर हालसम्म विपिनको अवस्थाबारे कुनै यकिन जानकारी प्राप्त भएको छैन। उनी हमासद्वारा २०२३ अक्टोबर ७ मा अपहरण गरिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

इजरायल पुगेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली संसदमा सम्बोधन गर्ने र बन्धकका परिवारसँग भेट्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पको पहलमा अमेरिका, इजिप्ट, कतार र टर्कीको मध्यस्थतामा युद्धविराम सम्झौता भएको हो।

प्रतिकृया