• २० असोज २०८३, मंगलबार
  • १ः२६ दिउँसो

नेप्सेमा ४४.२५ अंकको वृद्धि, कारोबार कति ?

प्रकाशित मिति

२०८२ आश्विन २७ गते, सोमबार ०३:२७

असोज २७,२०८२ काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४४.२५ अंकले उकालो लाग्दै २५४७.६० बिन्दुमा पुगेको छ। ३३० कम्पनीको ९९ लाख ४ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

National Life

आज १३ वटै उपसूचक हरियालीमा देखिए। वाणिज्य बैंक समूह ०.२८ प्रतिशत, विकास बैंक समूह १.४१ प्रतिशत, फाइनान्स समूह १.०२ प्रतिशत र होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले उकालो लागेको छ। यसदिन २०० कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ। बजारमा सकारात्मक संकेत देखिएसँगै लगानीकर्ताको उत्साह बढेको देखिन्छ।

प्रतिकृया