• ४ साउन २०८३, सोमबार
  • २:०६ बिहान

नेपाल राष्ट्र बैंकले २५ अर्ब निक्षेप खिच्ने

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार ०२:१४

भदौ २२,२०८२ काठमाडौं –  नेपाल राष्ट्र बैंकले आईतबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्ने भएको छ। निक्षेप संकलन उपकरण प्रयोग गरी बोलकबोलमार्फत निक्षेप संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।

हाल मुलुकको कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वित्तीय प्रणालीमा चुलिएको तरलता व्यवस्थापन र ब्याजदर स्थिर राख्ने उद्देश्यले राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्ने कार्य नियमित रूपमा गर्दै आएको छ।

Kamana Sewa

राष्ट्र बैंकको अनुमतिप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार प्राथमिकता दिइनेछ। सबैभन्दा कम ब्याजदर बोल गर्ने बैंक तथा वित्तीय संस्थाबाट रकम वितरण सुरु हुनेछ।

Classic Tech Desktop

आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुनेछ भने यसका ब्याजदर पनि सोही प्रक्रियाबाट निर्धारण गरिनेछ। निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी २०८२ असोज १२ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ। अधिकतम बोलकबोल भने ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म हुनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता बढी भएमा त्यसलाई व्यवस्थित गर्न ६ महिनासम्मका अवधिका दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ।

प्रतिकृया