• ४ साउन २०८३, सोमबार
  • १:२८ बिहान

गृहमन्त्री लेखकद्वारा प्रहरी महानिरीक्षक थापालाई बिदाइ

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार ०४:३२

भदौ १८,२०८२ काठमाडौं – गृहमन्त्री रमेश लेखकले बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापालाई शुभकामनासहित बिदाइ गरेका छन्।

गृहमन्त्री लेखकले सफलतापूर्वक कार्यकाल सम्पन्न गरी सेवा निवृत्त भएका थापालाई बधाई दिँदै उनको व्यावसायिक जीवनमा अझ प्रगतिको शुभकामना व्यक्त गरे। उनले थापाले राज्यले सुम्पिएको जिम्मेवारी निष्ठा, व्यावसायिकता र इमानदारीका साथ पूरा गरेको भन्दै आगामी दिनमा पनि राष्ट्र सेवामा योगदान दिने विश्वास व्यक्त गरे।

Kamana Sewa

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले पनि थापाले शान्ति–सुव्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको भन्दै उनको सेवा निवृत्त जीवन स्वस्थ, रचनात्मक र सक्रिय रहोस् भन्ने शुभकामना दिए।

Classic Tech Desktop

त्यस अवसरमा थापाले नेपाल प्रहरीजस्तो गौरवशाली संगठनमा सेवा गर्ने अवसर पाउनु गर्वको विषय भएको बताए। उनले आफ्नो कार्यकालमा संविधान र कानूनले दिएको जिम्मेवारी इमानदार, पारदर्शी र निष्पक्षताका साथ पूरा गरेको उल्लेख गर्दै नेपाल प्रहरीको आधुनिकीकरण र सुदृढीकरणका लागि सरकार र मन्त्रालयको सहयोगप्रति आभार व्यक्त गरे।

बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारीलगायतको उपस्थिति थियो।

प्रतिकृया