• ४ साउन २०८३, सोमबार
  • २:१४ बिहान

निजामती कर्मचारीले स्वास्थ्य बीमा सुविधा स्वास्थ्य बीमा बोर्डमार्फत पाउने

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार ०९:१५

भदौ १८,२०८२ काठमाडौं –  निजामती कर्मचारी र उनका परिवारले अब स्वास्थ्य उपचार सुविधा स्वास्थ्य बीमा बोर्डमार्फत पाउने भएका छन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले छलफलपछि निजामती सेवा विधेयकमा यस्तो व्यवस्था मिलाएको हो।

विधेयकमा ‘नेपाल सरकारका निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्ने’ प्रावधान उल्लेख गरिएको छ।

Kamana Sewa

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहँदा अनिता देवीले ल्याएको विधेयकमा निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषमार्फत स्वास्थ्य बीमा योजना लागू गर्ने प्रावधान राखिएको थियो। तर, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उक्त व्यवस्था हटाएर स्वास्थ्य बीमा बोर्डमार्फत नै बीमा सुविधा दिनुपर्ने निर्णय गरेको हो।

Classic Tech Desktop

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि समितिमा छलफल हुँदा यस विषयमा चासो राखेका थिए। समितिले आइतबारको बैठकमार्फत प्रतिनिधि सभाले पारित गरेको व्यवस्थामा संशोधन गरी स्वास्थ्य बीमा बोर्डमार्फत नै बीमा सुविधा लागू गर्ने राय दिएको हो।

प्रतिकृया