• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

अफगानिस्तानको भूकम्प अपडेट :२५० जनाको मृत्यु, ५०० बढी घाइते

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ११:१७

भदौ  १६,२०८२ काठमाडौं – आइतबार राति अफगानिस्तानमा आएको ६.३ तीव्रताको भूकम्पमा कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिकै गएको भूकम्पको केन्द्र जमिनमुनि करिब १६० किलोमिटर गहिराइमा रहेको नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म पनि महसुस गरिएको थियो।

Kamana Sewa

एनबीसी न्यूजले भूकम्पमा २५० जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ भने न्यूयोर्क टाइम्सले सयौंको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान जनाएको छ।

Classic Tech Desktop

पहिलो ठूला झट्कापछि लगातार पराकम्पहरू महसुस भएका छन्। तीमध्ये ४.७, ४.३ र ५.० तीव्रताको परकम्पहरू मापन भएको बताइएको छ। हाल प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेको छ। मृतक र घाइतेको संख्या अझै बढ्ने आशंका अधिकारीहरूले गरेका छन्।

प्रतिकृया