• ४ साउन २०८३, सोमबार
  • २:२७ बिहान

युएईले १२० नेपालीलाई कैद सजाय माफी दियो

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार १०:५१

भदौ १,२०८२ काठमाडौं— संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई कैद सजाय माफी दिएको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार बाँकी कैद सजाय माफ गरिएकाले उनीहरू चाँडै नेपाल फर्कने छन्।

दूतावासले जनाएअनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहाद को अवसरमा युएई सरकारले यस्तो निर्णय गरेको हो।

Kamana Sewa

प्रतिकृया