• २१ जेठ २०८३, बिहीबार
  • ५:४१ बिहान

नबिल बैंकले ऋणपत्र बाँडफाँड गर्दै

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार ०९:३३

श्रावण १६ , २०८२ काठमाडौं । नबिल बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्र ‘७% नबिल डिबेन्चर २०८९’ को बाँडफाँड सम्पन्न भएको छ। बैंकले साउन ६ गतेदेखि १० गतेसम्म उक्त ऋणपत्र बिक्रीका लागि निष्कासन गरेको थियो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो। तीमध्ये १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको हो भने, ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो। बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक रूपमा बिक्री खुला गरिएको थियो।

Kamana Sewa

बिक्री अवधिभर प्राप्त आवेदनहरुको मूल्यांकन गरी नियमानुसार रितपूर्वक आवेदन दिने सबै लगानीकर्तालाई साउन १५ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड ले जानकारी दिएको छ।

Classic Tech Desktop

उक्त ऋणपत्रमा वार्षिक ७% ब्याजदर तोकिएको छ र यसले बैंकको दीर्घकालीन पूँजी व्यवस्थापनमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिकृया