• २१ जेठ २०८३, बिहीबार
  • ६:४७ बिहान

आज देशभर सामान्य बदली, बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार ०९:१७

श्रावण १६ , २०८२ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ। साथै आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

Kamana Sewa

त्यस्तै, रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रका धेरै स्थानमा तथा तराईका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ। बागमती प्रदेशका पहाडी क्षेत्रमा भने भारी वर्षाको सम्भावना विशेष गरी औंल्याइएको छ।

Classic Tech Desktop

महाशाखाले सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम बढ्ने, सहरी तथा तराई क्षेत्र डुबानमा पर्ने, साथै ठूला तथा साना नदीनाला तथा खोलामा पानीको सतह उच्च हुने भएकाले सतर्क रहन आग्रह गरेको छ।

यस्तै, लगातारको वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ।

प्रतिकृया