प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि पूर्व राष्ट्रपति भण्डारी भारत जाँदै
प्रकाशित मिति
२०८२ श्रावण १५ गते, बिहीबार ०४:०४
श्रावण १५, २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौं ३१ गतेदेखि दुई दिने भारत भ्रमणमा जान लागेका छन्। तर, यसअघि नेकपा एमालेकी वरिष्ठ नेतृ तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत पठाउने तयारी भइरहेको कूटनीतिक स्रोतले जनाएको छ।
नेपालस्थित भारतीय उच्च अधिकारीहरू र भण्डारीबीच केही चरणको छलफल भइसकेको स्रोतको दाबी छ। भारतले प्रधानमन्त्री ओलीको भ्रमण मिति भदौं ३१ को आसपासमै भण्डारीलाई दिल्लीमा स्वागत गर्ने तयारी गरिरहेको बताइएको छ।
प्रधानमन्त्री ओलीको भ्रमण तयारी भने अपेक्षित गतिमा अगाडि नबढेको देखिन्छ। कूटनीतिक वृत्तमा डेढ महिना अघिदेखि मिति तय गरिनु र तयारी सुस्त देखिनुले भारतले ओलीको भ्रमणलाई प्राथमिकता नदिएको चर्चा सुरु भएको छ। नेपाल–भारतबीच अघिल्ला प्रधानमन्त्री स्तरीय भ्रमणहरू एक हप्ताभित्रै सम्पन्न हुने गरेका थिए। तर, यसपटकको ढिलाइ र भण्डारीको सम्भावित भ्रमणलाई कतिपयले राजनीतिक सन्देशको रूपमा लिइरहेका छन्।








प्रतिकृया