इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृत्यु
प्रकाशित मिति
२०८२ श्रावण १ गते, बिहीबार ०४:४२
साउन १,२०८२ काठमाडौं । इराकको कात सहरमा हालै मात्र सञ्चालनमा आएको एक शपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ६१ जनाको मृत्यु भएको छ। सरकारी मिडिया र अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराका अनुसार घटनामा दर्जनौं मानिस घाइते भएका छन् भने कयौं अझै पनि हराइरहेका छन्।
आगलागी बुधबार राति भएको हो। उद्धारकर्मीहरूका अनुसार मलभित्र रहेका ४५ जना भन्दा बढी व्यक्तिहरूको सकुशल उद्धार गरिएको छ। आगलागी हाल नियन्त्रणमा आइसकेको भए पनि हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

उक्त मल पाँच दिन अघि मात्र सर्वसाधारणका लागि खोलिएको थियो। प्रारम्भिक रिपोर्ट अनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन। यद्यपि सरकारद्वारा गठन गरिएको विशेष आयोगले घटनाको अनुसन्धान गरी यथार्थ पत्ता लगाउने बताइएको छ।घटनापछि इराक सरकारले देशभर तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ।





प्रतिकृया