• ४ साउन २०८३, सोमबार
  • २:५४ बिहान

अडियो विवादबारे मन्त्री बलराम अधिकारीको प्रतिक्रिया: “यो शुद्ध चरित्रहत्या हो”

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ०४:५३

साउन १,२०८२ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो टेपसँग आफू र मन्त्रालयको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले अडियोमा प्रयोग गरिएका शब्द र आवाज आफूले बोलेको नभएको दाबी गर्दै अडियो झूटो र षड्यन्त्रपूर्ण भएको बताएका हुन्।

“अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्,” उनले भने, “मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुन्छ।” पोखराको एक जग्गासम्बन्धी विवादसँग जोडिएर मन्त्री अधिकारी विवादमा मुछिँदै आएका छन्। सोही सन्दर्भमा अडियो सार्वजनिक भएको हो। उनले उक्त अडियोलाई आफूलाई बदनाम गर्न र मालपोत अधिकृत सरुवा गराउन दबाब दिन खोज्ने योजनाको हिस्सा भएको आरोप लगाए।

Kamana Sewa

“यो शुद्ध चरित्रहत्या गर्ने प्रयास हो,” उनले भने, “कुनै व्यक्ति आफ्नो स्वार्थ पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए। मैले अस्वीकार गरेपछि यस्ता कुराहरू बाहिर आएका हुन्।” मन्त्री अधिकारीले यस्ता गलत गतिविधिबाट विचलित नहुने र कानुनी प्रक्रिया अनुसार सत्य बाहिर ल्याउने दृढता व्यक्त गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया