• ४ साउन २०८३, सोमबार
  • ५:१४ बिहान

रौतहटमा कारको ठक्करबाट बाबु छोरीको मृत्यु

प्रकाशित मिति

२०८२ बैशाख २१ गते, आईतवार ०१:०३

वैशाख २१, २०८२ रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको मृत्यु भएको छ ।

हेटौडा बाट चन्द्रपुर तर्फ आउदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जादै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकल आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो ।

Kamana Sewa

ठक्कर बाट मोटरसाईकल चालक गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनिको दाहिने खुट्टा,ढाड र अन्डकोषमा चोट लागेर गम्भिर चोट लागेको थियो ।

Classic Tech Desktop

सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै मोटरसाईकलमा पछाडी सवार मृतक सहनीको छोरी वर्ष ४० कि उर्मिला देवी सहनिको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो ।

उर्मिला देवीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे डक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने कार र चालक हेटौडा उप महानगरपालिका १२ बस्ने वर्ष ४३ को कुमार पोख्रेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनास्थल चन्द्रनिगाहपुरबाट ६ किलोमिटर पश्चिम रहेको छ।

प्रतिकृया