• ४ साउन २०८३, सोमबार
  • ३:४९ बिहान

राप्रपाले भोलि बल्खुमा प्रदर्शन गर्ने

प्रकाशित मिति

२०८१ चैत्र २५ गते, सोमबार ११:२१

चैत्र २५, २०८१ काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते मंगलबार बल्खुमा प्रदर्शन गर्ने भएको छ । विभिन्न कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्व निर्धारित प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा प्रदर्शनका लागि रोक लगाएको थियो ।

शिक्षक आन्दोलन लगायत अन्य राजनीतिक आन्दोलनहरु भइरहेको भन्दै बल्खुमा नभए सिफल चौरमा आन्दोलन गर्न पत्र पठाएको थियो । बागमती प्रदेशको आयोजनामा हुने प्रदर्शन बल्खुमा हुने तय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । त्यस्तै आफूहरुको आन्दोलन थप सशक्त हुँदै गएपछि सरकारले स्थान परिवर्तन गरेको उनको आरोप रहेको छ ।

Kamana Sewa

‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ । प्रशासनले सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौँ हाम्रो आन्दोलनले उचाई लिदैँछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔँ,’ उनले भनेका छन् ।

Classic Tech Desktop

राप्रपाले राजसंस्था र हिन्दूराज्यलाई मुख्य एजेण्डा बनाउँदै आन्दोलनको तयारी गरेको हो । त्यसो त यसअघि समेत राप्रपा समेतको समर्थनमा राजावादी शक्तिहरुले तीनकुनेमा प्रदर्शन गरेका थिए ।

प्रतिकृया