आज उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता
प्रकाशित मिति
२०७९ फाल्गुन २७ गते, शनिबार ०९:३७
२७ फागुन २०७९, काठमाडौँ: उपराष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता कार्यक्रम हुँदैछ। आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुन लागेकाे हाे। आज अपरान्ह ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रशासन हुनेछ। उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ।
दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारका विरोधमा उजुरी दिने समय निर्धारण गरिएको निर्वाचन आयाेगले गरेकाे छ। आयाेगका अनुसार शनिबार बेलुका ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम गरिनेछ।

आइतबार १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र आइतबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ। निर्वाचनमा मतदाताको सङ्ख्या संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ कायम छ।




प्रतिकृया