• 1:38 pm

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०७९ फाल्गुन २७ गते, शनिबार ०९:४९

२७ फागुन २०७९, काठमाडौँ: नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ। बैठक आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न लागेकाे हाे। आजकाे बैठकमा बैठकमा समसामयिक राजनीति, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिने सचिव डा.भीष्म अधिकारीले जानकारी दिए।


यसैगरी, बैठकमा समसामयिक राजनीतिक अवस्थाकाे बारेमा पनि छलफल गरिने जनाइएकाे छ। उपराष्ट्रपति निर्वाचनका लागि आज नै मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ। निर्वाचन चैत ३ गते हुँदैछ।

प्रतिकृया