गैरआवासीय नेपाली संघले निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल बधाई तथा शुभकामना व्यक्त
प्रकाशित मिति
२०७९ फाल्गुन २६ गते, शुक्रबार ०५:३८
२६ फागुन २०७९, काठमाडौँ: संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएकोमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूलाई गैरआवासीय नेपाली संघ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । समृद्ध मुलुक निर्माणका लागि यहाँको कार्यकाल थप फलदायी र ऐतिहासिक हुने विश्वास हामीले राखेका छौं।
“नेपालीको लागि नेपाली” भन्ने मूल मन्त्रका साथ सन् २००३ देखि नै विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई एकै सूत्रमा बाँध्न यो संघ अनवरत रुपमा क्रियाशिल छ । विदेशमा बस्ने नेपाली भौतिक रुपमा मात्रै टाढा छन्, तर भावनात्मक रुपमा मातृभूमिप्रति सधैं उदार, जिम्मेवार र संवेदनशील छन् भन्ने शाश्वत सत्यलाई स्थापित गर्दै संघले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै आएको जानकारी गराउँदछौँ ।

सम्माननीय, राष्ट्रपतिज्यूको कुशल अभिभावकत्वमा राष्ट्रको आर्थिक र सामाजिक विकासले गति लिई मुलुक समृद्धितर्फ उन्मुख हुनेमा संघ विश्वस्त छ । साथै, यहाँको कार्यकालमा गैरआवासीय नेपालीका नागरिकता, वैदेशिक रोजगारीका समस्या, गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण प्रदान गर्ने तथा अन्य हक, हित र अधिकारका विषय सम्बोधन हुने विश्वास हामीले राखेका छौं । साथै नेपाल र नेपाली भएका विश्वभरका देशहरुमा दोश्रो पिढीका नेपालीलाई नेपालसंग जोड्न भाषा, कला, संस्कृति र पारस्परिक सम्बन्ध विस्तारले थप उचाई लिनेमा आशावादी छौं । साथै, गैरआवासीय नेपाली संघ नेपालको सम्बृद्धिका लागि सहकार्य र समन्वय गरेर अगाडी बढ्न सदा झैं प्रतिबद्धता जनाउँदछौं ।





प्रतिकृया