• २१ जेठ २०८३, बिहीबार
  • ४:५८ बिहान

कीर्तिपुरले चैतभित्रै सबै योजना सम्पन्न गर्ने

प्रकाशित मिति

२०७९ पुष ६ गते, बुधबार ०१:५७

६ पुस २०७९, काठमाडौँ: कीर्तिपुर नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने सबै योजनाको काम आगामी चैत मसान्तभित्रै नै सम्पन्न गर्ने भएको छ । त्यसका लागि नगपालिकाले आर्थिकको प्रारम्भ देखि नै योजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ । अहिले नगरपालिकाले निर्माणाधिन भौतिक पूर्वाधार निर्माणका काम, सेवा प्रवाह र सुशासनको कामलाई तिब्रता दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद बाँस्कोटाले अहिले नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह र सहजिकरणको कामलाई उच्च प्राथमिकता दिएर योजना कार्यान्वयन गरिरहेको बताए ।


उहाँका अनुसार अहिले योजना धमाधम सञ्चालन भइरहेको र नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा प्राविधिक टीम सहितले योजना अनुगमन गर्ने काम भइरहेको छ। विभिन्न चरणमा योजनाको अनुगमन गरेर प्राविधिक प्ररीक्षण पश्चात मात्र योजनाको भुक्तानी प्रदान गर्ने गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा योजना अनुगमन गर्नुपर्ने व्यवस्था गरेको छ ।

Kamana Sewa

प्रतिकृया