• ३ साउन २०८३, आइतबार
  • ३:४१ बेलुका

नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार ०७:२३

१५ मंसिर २०७९, काठमाडौँ : युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा प्रश्न उठ्ने आरोप लगाएको छ। एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्म कालोसूचीले निरन्तरता पाउने उसको भनाइ छ। ईयूले संस्थागत संरचना र सुधारमा जोड दिएको छ । ईयूले एयर सेफ्टी लिस्ट वर्षमा दुई पटक अपग्रेड गर्दै आएको छ ।


यसैक्रममा ईयूको अडिट टोलीले नेपाली वायुयानका हवाई सुरक्षाबारे यही अक्टोबर ६ देखि ८ सम्म स्थलगत अध्ययन गरेर फर्केको थियो । गत साता ईयूको बैठकले यही अध्ययनलाई आधार बनाएर एयर सेफ्टी लिस्ट अपटेड गर्ने क्रममा नेपाललाई कालोसूचीमा राख्दै निरन्तरता दिएको हो ।

Kamana Sewa

यसअघि हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लो समय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालना मापदण्ड दरमा ७०.०१ नतिजा हासिल गरेकाले २०२२ को अन्त्यसम्ममा नेपाली वायुयान ईयूको गम्भीर सुरक्षा चासोको सूचीबाट हट्ने बताउँदै आएको थियो । यो समाचार कारोबार दैनिकमा छ ।

Classic Tech Desktop

प्रतिकृया