• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

पाकिस्तानमा कोइला खानीमा पुरिएर कम्तीमा ९ मजदुरको मृत्यु

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार ०७:३७

१५ मंसिर २०७९, एजेन्सी : उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए । नौ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए । खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ ।


घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Kamana Sewa

प्रतिकृया