• १२ असोज २०८३, सोमबार
  • ९ः०९ बिहान

बर्दिया १ मा कांग्रेसका संजय गौतम विजयी

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार १०:१८

९ मंसिर २०७९, काठमाडौँ : बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजयकुमार गौतम विजयी भएका छन् ।अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाइ ७५३ मतान्तरले पराजित गर्दै उनी सासंद भएका थिए । यो पटक उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् ।

National Life

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गौतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए ।यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे ।

प्रतिकृया