• १२ असोज २०८३, सोमबार
  • ९ः०९ बिहान

प्रधानमन्त्री देउवाका भतिजा प्रदेशसभा सदस्यमा विजयी

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०९:४१

९ मंसिर २०७९, काठमाडौँ : कैलाली निर्वाचन क्षेत्र नं ५ को (ख) बाट नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले छ हजार तीन सय ५१ मत प्राप्त गरेका छन्। विजयी देउवा प्रधानमन्त्री शेरबहादुर देउवा भतिजा हुन्।

National Life

प्रदेशसभामा खसेको २८ हजार चार सय ८३ मतमा एक हजार दुई सय ६९ मत बदर भएको छ। क्षेत्र नं ५ को प्रदेशसभा ९१० मा भने मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार एमालेका नेपालु चौधरीले सात हजार चार सय २३ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का रमेश धामीले सात हजार दुई सय ३४ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरीले चार हजार दुई सय ४९ मत पाए।


आज बिहानसम्म क्षेत्र नं ५ को प्रदेशसभा (१) मा २७ हजार चार सय मतगणना भइसकेको छ। निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका डिल्लीराज पन्तको अग्रता कायमै छ। बिहानसम्म जम्मा ५५ हजार आठ सय ५३ मतगणना भइसक्दा पन्तले १८ हजार पाँच सय २९ मत पाएका छन्। एमालेका नारदमुनी राना थारूले १७ हजार छ सय सात मत पाएका छन्। स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा सात हजार छ सय ६३ मतसहित तेस्रो स्थानमा छन्। यो क्षेत्रमा अब झण्डै पाँच हजार मत गन्न बाँकी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया