गथे मंगल पर्वका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७६ श्रावण १३ गते, सोमबार ०९:२८
भक्तपुर, नजिकिँदै गरेको गथे मंगल पर्वका बिषयमा भक्तपुरमा संस्कृतिबिद र पत्रकारहरु माझ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाले सूर्यबिनाक स्थित् रफत सञ्चार क्लबमा गरेको अन्तरक्रिया कार्यक्रममा भक्तपुर र थिमिमा गथे मंगल पर्व कसरी मनाइन्छ भन्ने बिषयमा इतिहासविद्हरुसँग अन्तर्रिक्रया गरहेको हो । कार्यक्रमा डा पुरुषोत्तमलोचन श्रेष्ठले हरेक जात्रा प्रबृतिमा भर पर्ने भएको र गथे मंगललाई जसरी राक्षेसको उपमा दिने गरिएको छ त्यो गलत ब्याख्य रहेको भन्दै यो पनि भगवानको एक रुप भएको बताउनुभयो । उहाँले यो पर्वलाई किसान परिवारसँग जोडिएको पर्वका रुपमा समेत ब्याख्या गर्न सकिने बताउनुभयो । गुठि जग्गासँग मात्र सम्बन्धित नभएर हरेक संस्कार पर्व र समाजसँग जोडिएर आउने गथे मंगल पर्वले समेत प्रष्टाउने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा मध्यपुर थिमिका संस्कृति अध्ययता राजेन्द्र तु श्रेष्ठल मध्यपुर थिमि नगरमा जम्मा १२ स्थानमा गथे मंगल मनाउने गरिएको बताउँदै साँस्कृतिको पाटोलाई जीवन्त राख्न परम्परालाई निरन्तरता दिनु पर्छ भन्नुभयो । नेवा पत्रकार दबुका केन्द्रिय अध्यक्ष श्री कृष्ण महर्जनले सञ्चार क्षेत्रले हरेक विज्ञहरुको भनाईलाई मात्र नभइ फरक धारबाट अध्ययन गरि त्यसको प्रस्तुती र जानकारी दिन सक्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा रफत सञ्चार क्लबका केन्द्रिय अध्यक्ष शुसिल बन्धु थापा,भक्तपुर पर्यटन बिकास समितिका अध्यक्ष राम सुन्दर भेले ,नेवा पत्रकार राष्ट्रि दबु भक्तपुरका अध्यक्ष रामगोपाल तमखुले कला संस्कृति र सम्पदाको संरक्षण जुन स्थानमा हुन्छ त्यहाँ मानब सभ्यता जहिले पनि ज्यूँदै रहने बताउनुभयो ।





प्रतिकृया