• ४ साउन २०८३, सोमबार
  • ६:३७ बेलुका

विंगर र टेम्पो ठोक्किदा दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार ०९:४५

जनकपुरधाम–महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको जानकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा भने २ जना घाईते भएका छन् । जनकपुर–महेन्द्रनगर सडकखण्डमा आईतबार अपरान्ह करिब ५ः३० बजे विंगर र टेम्पो एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले समेत घटनाको पुष्टि गरेपनि मृत्यू बारे भने अनभिज्ञता जनाएको छ । महेन्द्रनगरबाट जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको विँगर र जनकपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको टेम्पो क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैया नजिक एक आसपमा ठोक्किदा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । दुवै तर्फबाट सवारी तीव्र गतिमा रहेको कारण दुर्घटना हुँदा टेम्पो क्षतविक्षत भएको जनाईएको छ ।

Kamana Sewa

प्रारम्भिक जानकारी अनुसार मृतक दुई जनामा एक महिला र एक पुरुष रहेका छन् । धनुषाको रमेशपुर बस्ने अन्दाजी बर्ष ७२ का रामदेव साह र टायल्स कारखानामा काम गर्ने सिरहाकी ४० वर्षीया रेखा यादवको घटनास्थलमै मृत्यू भएको छ । उपचारका क्रममा धनुषाको क्षिरेश्वरनाथ–३, कुमरौलका रोशन साह तेलीको मृत्यु भएको प्रहरी निरीक्षक अमिर दाहालले जानकारी दिए । उक्त दुर्घटनामा घाईते हुनेमा टेम्पो चालक र अन्य एक जना यात्रु रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया