• ४ असोज २०८३, आइतबार
  • ७ः४६ बिहान

बृद्धाश्रममा बस्दै आएका बृद्धबृद्धालाई भोजनको ब्यबस्था

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार ०९:२२

भक्तपु, मध्यपुर थिमिको बहाखा बजारमा रहेको मध्यपुर युथ क्लबले बोडेको द्योमाँ जगत बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई भोजन उपलब्ध गराएको छ । बुबा आमा दिवसको अवसर पारेर युवाको सामाजिक दायित्व बोध गर्दै बृद्धाश्रममा रहेका १५ जना बृद्धबृद्धालाई एक दिनको भोजन उपलब्ध गराएको क्लबका अध्यक्ष राजेन्द्र प्रजापतिले बताउनुभयो ।

National Life

सो अवसरमा बोल्दै मध्यपुर थिमिका नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ,गरिवी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई,नेपाल पत्रकार महासंघ भक्तपुरका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी,क्लबका सचिब राजन कोजु लगायतले युवाको सोचमा सामाजिक रुपान्तरण जरुरी रहेको बताउँदै यस्तो मननीय कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

युवा र समाजका अगुवासँग एक दिन भए पनि घुलमिल भएर भोजन गर्न पाउँदा आश्रमका बृद्धबृद्धा दंग भएका थिए । क्लबले बिभिन्न रचनात्मक काम गर्दै आएको बताउँदै अध्यक्ष राजेन्द्र प्रजापतिले युवाहरुले रमाईलोमा गर्ने खर्च समाजसेवामा लगाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिकृया