• ५ साउन २०८३, मंगलबार
  • ५:३० बेलुका

विनायक शिक्षा निकेतनका विद्यार्थीहरुलाई progresssive शिक्षणविधि सिकाई

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार ०४:१५

४ कार्तिक २०७९, मध्यपुर ठिमी भक्तपुर : शिक्षा व्यावहारिक एवं जीवनोपयोगी हुनुपर्दछ भन्ने मूलमन्त्रलाई आत्मसात् गरी स्थापित विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलले पूर्व प्राथमिक तहका विद्यार्थीहरुलाई progressive शिक्षण विधि अन्तर्गत व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ। विशेषतः सानै उमेरदेखि नै विद्यार्थीहरुका निम्ति व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरुलाई सहभागी गराई गत असार महिनामा धान राेप्न लगाएर त्यही धान फलेपछि काट्न सिकाइएको जानकारी विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले गराउनुभयो ।


पूर्व प्राथमिक तहका शिक्षिकाहरुको संयोजनमा गराइएको उक्त शिक्षणविधि पूर्व प्राथमिक तहका विद्यार्थीहरुले धान उत्पादनको प्रक्रिया, रोप्नविधि ,गोडमेलको तरिका ,धान फल्नका लागि मल र जलको आवश्यकता रहने र त्यसपछि बाला लाग्दो रहेछ भन्ने व्यवहारिक ज्ञान विद्यार्थीले प्राप्त गर्न सिकेको कुरा विद्यालयकी पूर्व प्राथमिक तहकी संयोजक शाेभा प्रजापतिले बताउनुभयो ।

Kamana Sewa

विद्यार्थीहरु प्रत्यक्ष संलग्न रही व्यावहािरिक ज्ञान प्राप्त गर्न सकेको र विद्यालयले यस्ता प्रकारका सीपमूलक विधिद्वारा शिक्षण गर्न सुरु गरेकोमा उपस्थित अभिभावकहरुले विद्यालय परिवारलाई तथा संयोजन गर्ने शिक्षिकाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Classic Tech Desktop

प्रतिकृया