सिटिजन्स बैंकको सोर्हौँ वार्षिक साधारण सभा सम्पन्न
प्रकाशित मिति
२०७९ कार्तिक ४ गते, शुक्रबार ०४:१५
४ कात्तिक २०७९, काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सोर्हौँ वार्षिक साधारण सभा आज (कार्तिक ४ गते, शुक्रबार) अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारण सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्षको नाफाबाट बैंकका सेयरधनीहरूलाई कर समेत ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०७८\७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरेको छ । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।

यसका साथै, आर्थिक वर्ष २०७९\८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र संशोधन गर्नेलगायतका प्रस्तावहरू पनि साधारण सभामार्फत् पारित गरिएको छ । साधारणसभामा एक दर्जन भन्दा धेरै सेयरधनीले बोलेका थिए ।





प्रतिकृया