इटाली युइएफए नेसन्स लिगको फाइनल फोरमा
प्रकाशित मिति
२०७९ आश्विन ११ गते, मंगलवार ०९:४०
११ असोज २०७९, एजेन्सी : हंगेरीलाई हराउँदै इटाली युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ। घरेलु टोली हंगेरीलाई २–० ले हराउँदै इटाली अघिल्लो चरणमा प्रवेश गरेको हो। इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले गोल गरे। पुस्कास एरिना बुढापेस्टमा सोमबार राति भएको खेलको खेलको २७ औं मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई सुरूआती अग्रता दिलाए।
पहिलो हाफमा १-० ले अघि रहेको इटालीले खेलको ५२औं मिनेटमा फेडरिको डिमार्कोले गोलबाट अग्रता दोब्बर पार्यो। त्यसपछि खेलमा गोल हुन नसक्दा इटाली २-० ले फाइनल चारमा प्रवेश गर्यो। यो जितसँगै इटाली लिग ए ग्रुप ३ मा ६ खेलमा ११ अंक जोड्दै शीर्षस्थानमा रहेर अघिल्लो चरण प्रवेश गरेको हो। पराजित हंगेरी १० अंक जोड्दै दोस्रो स्थानमा रहँदा फाइनल फोरमा पुग्न असफल रह्यो।

दुवै टोली यसै वर्ष कतारमा आयोजना हुने विश्वकपमा छनोट हुन नसकेका टोली हुन्। यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल फोरमा स्थान बनाइसकेका छन्। अब पोर्चुगल र स्पेनमध्ये एक टोलीले फाइनल फोर खेल्नेछन्।





प्रतिकृया