• ४ साउन २०८३, सोमबार
  • २:५० बिहान

पेरिसको एउटा बारमा गोली चल्यो

प्रकाशित मिति

२०७९ श्रावण ३ गते, मंगलवार ०७:५३

३ साउन २०७९, पेरिस : फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ । एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।


संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ । दुई जना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका क्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन् । अर्को संदिग्ध फरार रहेको जनाइएको छ । उक्त गोलाबारी शिशा क्याफेमा भएको स्थानीय मेयर फ्रान्कोइस भौग्लिनले जानकारी दिएका छन् । उनका अनुसार एक जना ग्राहकले एक जना संदिग्धलाई समात्न सफल भएका थिए । आक्रमणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

Kamana Sewa

प्रतिकृया