• ४ साउन २०८३, सोमबार
  • १:४७ बिहान

रक्सीको ह्याङ ओभर कसरी हटाउने ?

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०७:०६

१० जेठ २०७९, काठमाडौँ : ह्याङ ओभर मदिरा सेवन गर्ने अधिकांशको समस्या बन्ने गर्दछ । थोरै पिउने योजनाका साथ शुरु भएको मदिरा पिउने कार्यक्रम पिउँदा पिउँदै धेरै पिउने र अर्को दिन ह्याङ ओभर हुने गर्दछ । यसले उसको शरीरसहित काम पनि प्रभावित हुन्छ । यस्तोमा मदिराको ह्याङ ओभरबाट कसरी मुक्ति पाउने त ?


– मदिरा पिएर ह्याङ ओभर भए छिनछिनमा पानी पिउने ।
– उपलब्ध भए नरिवलको पानी पिउँदा राम्रो हुन्छ ।
– काँचो अदुवा खाँदा पनि ह्याङओभर हट्न सक्छ ।
– मदिराले शरीरमा ग्लुकोजको मात्रामा कमी गराउँछ त्यसैले गोलभेँडाको जुस खानु पर्छ ।
– ह्याङ भएको बेला केरा खानु पनि लाभदायक हुन्छ ।
– कुरीलोले पनि शरीरको अल्कोहल घटाउँछ ।
– सम्भव भए कुरीलोको अचार खाँदा राम्रो हुन्छ ।

Kamana Sewa

प्रतिकृया