• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

घट्यो बैंकको ऋण लगानी, एक सातामा ५ अर्बले निक्षेप सुधार

प्रकाशित मिति

२०७९ बैशाख २६ गते, सोमबार ०५:२६

२६ बैशाख २०७९, काठमाण्डौं : स्थानीय तह निर्वाचनको मुखैमा २७ वाणिज्य बैंकहरुमा निक्षेप सुधार देखिएको छ । पछिल्लो एक सातामा नै ५ अर्ब रुपैयाँले बैंकहरुले निक्षेप सुधार भएको हो । पछिल्लो समय बैंकहरुकर्जा लगानीमा आक्रामक हुँदा निक्षेप भने बढ्न सकेको छैन । पछिल्लो साता (वैशाख १६ देखि २३को बीचमा) भने बैंकमा निक्षेपको अवस्था सुधार भएको हो ।


१६ वैशाखमा बैंकहरुमा ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । २३ वैशाखमा आइपुग्दा बैंकको निक्षेप ४३ खर्ब ७३ अर्बमा पुगेको छ । ९ वैशाखमा भने बैंकहरुको निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँ थियो ।

Kamana Sewa

बैंकिङ क्षेत्रका लागि सकारात्मक कुरा भनेको बैंकको निक्षेप सुधारसँगै कर्जा लगानी पनि घटेको छ । एक साताको अवधिमा कर्जा लगानी ४१ खर्ब ९७ अर्बबाट घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ ।

Classic Tech Desktop

कर्जा लगानी घटेको र निक्षेपमा सुधार भएको असर बैंकहरुको निक्षेप(कर्जा अनुपात (सीडी) रेसियोमा परेको छ । अघिल्लो साता ९१ प्रतिशतभन्दा माथि रहेको बैंकहरुको औसत सीडी रेसियो २३ गतेसम्म ९० दशमलव ८१ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ ।


प्रतिकृया