सपना होइन योजना लिएर आएका छौँ : श्याम बस्नेत (भिडियोसहित)
प्रकाशित मिति
२०७९ बैशाख २६ गते, सोमबार ०५:३७

‘विगतका जनप्रतिनिधिले सुर्यविनायक नगरवासीलाई झुक्याएका छन्‘
सुजिता सापकोटा, २६ बैशाख २०७८, काठमाडौं : सुर्यविनायक नगरालिका, भक्तपुरमा नेकपा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार श्याम वस्नेतले यस स्थानीय चुनाबमा सपना नभएर योजना लिएर उम्मेदवारी दिएको बताएक छन् । उनले विगतका जनप्रतिनिधिहरुले नगरवासीलाई झुक्याएको आरोप लगाउँदै आफूहरुले योजनासहित चुनाबी मैदानमा उत्रिन लागेकाे बताएका हुन् ।
मातृभूमिसँग कुरा गर्दै सुर्यविनायक नगर उपप्रमुखका उम्मेदवार बस्नेतले भने, “विगतका जनप्रतिनिधिहरुले ढाँट्नुभएको छ, झुक्याउनुभएको छ, चुनाब जित्न धेरै आश्वासन दिनुभएको छ, सपनाहरु देखाउनुभएको छ , हामीले भनेका छौँ हामीले सपना होइन योजना लिएर आएका छौँ ।”
बस्नेतका अनुसार यसभन्दा अघिका जनप्रतिनिधिहरुले न्यायमा पनि विभेद गरेका छन् । उनले भने , “योभन्दा अघिको जनप्रतिनिधिहरुले निमुखा जनताहरुलाई न्याय दिएको छैन, आफ्नो मानिसलाई च्याप्ने र अर्काको मान्छेलाई पेल्ने गरेर न्यायमा पनि विभेदपूर्ण ब्यवहार गरेका थिए, यस समस्यालाई समाधान गर्ने हेतुले म उपस्थित भएको छु ।”
त्यस्तै, उनले नगरवासीको समस्या र आफ्नो योजनालाई समायोजन गरेर विकास गर्ने प्रण समेत गरेका छन् । उनले भने, “योजनाअनुरुप तपाँइहरुका समस्या र हाम्रो योजनालाई मेल गरेर विकास गर्ने छौँ ।”
जनप्रतिनिधि छान्दा नझुक्किन बस्नेतको आह्वान
यस्तै, उनले जनप्रतिनिधि छान्दा नझुक्किन आफ्ना नगरवासीलाई आग्रह गरेका छन् । प्रतिनिधि छान्दा नझुक्किन र जनताको सेवक बनेर आउने मानिस छान्न उनले आह्वान गरेका हुन् । “जनप्रतिनिधि छान्दा नझुक्किनुहोस्, कुनै पार्टी विचार हेरेर भन्दा पनि जनताको भावना, मर्म र समस्या बुझ्न सकने खालको जनप्रतिनिधि चुन्न म सुर्यविनायक नगरवासीलाई आह्वान गर्दछु”, उनले भने ।
‘बाटोको नाममा जनताको जग्गामा पहिरो लागेको छ , हामी ब्यवस्थित गछौँ‘
नेकपा एसलाई प्रतिनिधित्व गरेर उपमेरको टिकट पाएका बस्नेतले बाटोको नाममा जनताको जग्गमा पहिरो जाने स्थिति सिर्जना गरिदिएको समेत बताएका छन् । उनले आफू र गठबन्धनले जितेको खण्डमा यसलाई ब्यवस्थित गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
“बाटोको नाममा ठूला ठूला बाटो खोलिएको छ , जनताको जग्गामा पहिरो लागेको छ , जनताको पेटी र पर्खाल भत्किएको छ”, उनले भने, “ति सवै लथालिङ्ग, भताभुङग छन्, यसलाई ब्यवस्थित रुपमा सडक संजाल बनाउने, ढल ब्यवस्थापन गर्ने, स्वस्थ र सुनिश्चित र निशुल्क खानेपानीको ब्यवस्थापन गर्ने र ब्यवहारीक शिक्षा लागु गर्ने तथा किसानहरुलाई आवश्यकता अनुसार मल, विउ-विजन दिने र पर्यटक क्षेत्रमा पनि ब्यवस्थित रुपमा पनि अघि बढ्छौँ ।”
प्रतिकृया