• ३ साउन २०८३, आइतबार
  • ५:४० बेलुका

दोहोरिएका प्रतिनिधीलाई भोट हाल्नु दुर्घटना निम्त्याउनु हो : विजय श्रेष्ठ (भिडियोसहित)

प्रकाशित मिति

२०७९ बैशाख २५ गते, आईतवार ०६:४९

सुन सय पटक जोख्ने हो, मानिस एक पटक

सुजिता सापकाेटा, २५ वैशाख २०७८, काठमाडौं : मध्यपुर ठिमी नगरपालिकामा नेकपा माओबादीबाट नगर उपप्रमुखका उम्मेदवार विजय श्रेष्ठले सुन सय पटक जोखेपनि मानिस एकपटक मात्र जोख्नपर्ने बताएका छन् । उनले मध्यपुरमा यस स्थानीय चुनाबमा दोहोरिन लागेका जनप्रतिनिधीहरुलाई संकेत गरेर भाेटबारे विचार गर्न मध्यपुर नगरवासीलाई आग्रह गरेका हुन् ।

Kamana Sewa

दोहोरिएका जन-प्रतिनिधीहरुलाई पुर्नबहाली गराउनु दुर्घटना निम्त्याउनु बराबर रहेको जिकीर गर्दै उनले भने , “सुन सयपटक जोख्ने हो, मानिस एकपटक मात्र जोख्ने हो, अघिल्लो पटकको जननिर्वाचितलाई तपाइँहरुले जोखिसक्नुभएको छ, फेरि जोख्नु भनेको दुर्घटना निम्त्याउनु हो।” यस्तै, उनले गठबन्धनलाई अत्याधिक मतले विजयी गराइदिनका लागि नगरवासीलाई अनुरोध समेत गरेका छन् ।

Classic Tech Desktop

मध्यपुर ठिमी नगरवासीलाई सुखि र समृद्ध बनाउने श्रेष्ठको मुख्य एजेण्डा

श्रेष्ठका अनुसार मध्यपुर ठिमी नगरवासीलाई सुखि र समृद्ध बनाउनु नै उनको मुख्य एजेण्डा रहेको छ । यसका लागि जनताले तिरेको कर शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्नका लागि खर्च गर्ने उनले प्रतिबद्धता जनाएका छन् । त्यस्तै, उपचारका लागि मध्यपुर ठिमीभन्दा बाहिर जान नपर्ने गरेर नेपाल कोरियामैत्री अस्पताललाई राष्ट्रियस्तरको अस्पतालको रुपमा रुपान्तरण गर्ने योजना रहेको उनले बताए ।


समृद्ध र सुखि नगर बनाउनका लागि चाहिने सुशासनका कार्यहरु सवै गर्ने उनकाे दाबी छ। उनले सरकारी कार्यका लागि अहिले नगरपालिका र वार्डको कोठा-कोठा घुम्नपर्ने अवस्था रहेकाले यसलाई अन्त्य गर्ने र नगरलाई डिजिटलाइज्ड गराउने जिकीर गरे ।


सामुदायिक विद्यालयको स्तारोन्नती र नि-शुल्क शिक्षामा जोड

मध्यपुर ठिमीका उपप्रमुखका प्रत्यासित श्रेष्ठले यस नगरको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन नि-शुल्क शिक्षामा जोड दिने बताएका छन् । सामुदायिक विद्यालयको स्तर उन्नती गरेर नि-शुल्क रुपमा शिक्षा दिन एजेण्डा उनले अघि सारेका छन् । यस्तै, इन्जिनियरिङ कलेज स्थापना गर्ने र नगरमा स्थापित अस्पतालमा नर्सिङ कलेज संचालन गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया